भूमण्डलीकरणका बारेमा सोच्ने हो भने आजहामी एक साँक्षी हौ । हाम्रो थाकथलो छाडेर नेपालभन्दा अलि पर गएका छौं । जीवन यापन गर्दागर्दै वा जीवनयापन गर्ने क्रममा टाढा आएका हौं । यस्तो समस्याहरु हाम्रो मात्र होइन विश्वका हरेक मानिसहरु यताका–उता अनि उताका–यता आइरहेकाछन् । आश्चार्य मान्नुपर्ने अवस्था पनि छैन ।
सन् १९९० को दशकमा नेपाल छाडेर गोर्खा र तिनका सन्तानहरु यता आए । हङकङ आउने ९८ प्रतिशतको आधार गोर्खा सैनिकहरु नै हो । २ दसक राम्ररी नपुगेको कलिलो नेपाली समाज निर्माणको क्रममा छौं । हामी भर्खर भर्खरमात्र स्थापित हुन खोज्दैछौं भनौ हाम्रो समाज बामे सर्दैछ । हो हामीलाई चिन्ता छ, हाम्रो मूलभाषा संस्कृतिहरु हराएर जाने, परिचय विहिन भएर जाने अवस्था पनि देख्दछौं । हामीलाई यो पनि थाहाछ की – सबै बोलिन भाषाले कुनै एक समुदायको विशेष संस्कृति, मेलोडी, कलर वा लवज बोकेर आएको हुन्छ । हामीले पुर्खाहरुबाट पाएको जीवनको सर्वोत्तम उपहार यी भाषा, संस्कृतिहरु नै हुन । हङकङका नेपाली बालबालिकाहरुको लागि नेपाली भाषा, नेपाली संस्कृतिहरु उनीहरुको मातृभाषा र संस्कृतिहरु हुन् । हो यसैकारण, हामी करले होस वा रहरले अथवा वाध्यताले हाम्रो जिम्मेवारी भनेको भाषा, कला, संस्कृतिहरु एक पुस्तादेखि अर्कोे पुस्तामा हस्तान्तरण गर्नु हो ।
हङकङमा साहित्यकारहरु नराम्ररी विगलित भएका छन् । एक अर्काको अस्थित्व स्वीकार गर्न उनीहरुमा समस्या छ । हुनत समाकालिन साहित्यकारहरुमा यो समस्या यहाँ मात्र होइन संसारका सबै ठाउँहरुमा देखिन्छ । हङकङमा शुरुका दिनहरुमा साहित्यकारहरु एकअर्कामा मीठो सामिप्यता अनि एकता पनि थियो । एक अर्कामा प्रशस्त छलफल एवं अन्तरक्रिया भइरहन्थे तर पछिल्लो दिनहरुमा आएर उनीहरुमा इन्फेरिओरिटी कम्पलेक्स (हीन भावाना) बढेको प्रत्यक्ष देखिन्छ । यद्यपि सबै साहित्यकार, लेखकहरुमा यो समस्या भएको आशय यसको लेखको होइन । केही कविकवियत्रीहरु राम्रो सृजनात्मक काम गरेर अघिबढी रहेकाछन् ।
संस्था खोल्ने अनि समूह बनाउने र प्रशंसा बटुल्नमा नै ब्यस्ता देखिन्छ । यस्तोलाग्छ उनीहरु एक अर्काको प्रशंसाकालागि जन्मिएका हुन् । आफ्नो समूहभन्दा बाहिरका साहित्यकारहरुले उत्कृष्ट सृजना नै गरेता पनि त्यसकालागि व्यक्तिगत आलोचना मात्र गर्दैनन् सम्भव भएमा ती व्यक्तिलाई गिराउन अनि पतन गराउने अनेक जालझेल गरेकोसम्म पाइएको छ । भन्दा, यो सुन्दा नराम्रो देखिन्छ र लाग्छ पनि तर यहाँका साहित्यकारहरुमा यही संकोचपूर्ण विचारले नराम्ररी जकडिएको छ र यसलाई हटाउन करिब करिब असम्भव नै लाग्दछ । संकोचित भावानमा मानिसमा क्रियटीभीटी कसरी हुनसक्छ ?
No comments:
Post a Comment